आज नेपालले युएईको सामना गर्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज नेपाल र युएईबीच खेल हुदै छ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुदै छ ।

यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने युएई पीएनजीसँग पराजित भएको छ ।

नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ ।

शुक्रबार सम्पन्न खेलमा पीएनजीसँग पराजित भएसँगै युएईको अब शिर्ष तीनमा रहेर विश्वकप छनौटमा पर्ने सम्भावना समाप्त भएको छ । अब युएईको प्रयास बाँकी खेल जितेर अंक तालिकामा शिर्ष पाँचमा रहदै आफ्नो एकदिवसीय मान्यता जोगाउनेमा हुने छ ।

त्यस्तै नेपालले भने अब आफ्ना बाँकी तीन खेल जितेमा शिर्ष तीनमा रहेर विश्वकप छनौट खेल्ने सम्भावना कायम रहेको छ । त्यस्तै एकदिवसीय मान्यता जोगाउनको लागि भने नेपालले एक जित पर्याप्त हुने छ ।

लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् ।

त्यस्तै नामिबिया ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ ।

यस सिरिजमा आज नेपालले युएईसँग खेल्दै छ भने अर्को खेल फागुन २९ (मार्च १३) मा पपुवा न्युगिनीसँग र चैत्र २ (मार्च १६) मा युएईसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like