शारीरिक सुगठन प्रतियोगिताको उपाधी सुनिल आलेलाई

बुटवल प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी सुनिल आलेले जितेका छन्। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा शनिबार बुटवलमा प्रतियोगिता भएको हो ।६५ केजी वजन समुह बिजेता भइ फाईनलमा पुगेका बुटवल जिम एण्ड फिटनेसका सुनिल आले ओभरअल च्याम्पियन बने। उनले प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धी खेलाडीलाई पाखा लगाउदै मिष्टर रुपन्देहीको उपाधिसंगै ५० हजार नगद र ट्रफि र व्यानेट सहित उपाधी समेत हात पारे।

यसैगरी ५५ केजी तौल समूहतर्फ क्रमशः फिजिकल फिटनेसका आकाश गुरुङ प्रथम, फिटनेस टाइमका प्रविन पौडेल द्वितीय र रोयल आइरनका बलराम डुम्रे तृतीय भए। ६० केजि वजन समुहमा फिटनेस हबका स्यामुल गुरुङ प्रथम बुटवल जिम एण्ड फिटनेसका भानुभक्त कठरिया दोश्रो पावर एण्ड मशल जिमका रमेश थापा तृतीय हुन सफल भए।त्यस्तै ६५ केजी तौल समूहमा बुटवल जिम एण्ड फिटनेसका सुनिल आले प्रथम, द ड्रिम फिटनेसका दोश्रो तथा कृष्ण जिमका चन्द्रबहादुर थापा तेस्रो भए।

७० केजीमा रोयल जिमका गौतम राना प्रथम, विलिङनेश जिम एक्सप्रेसका बिजय कार्की क्षेत्री दोश्रो हुदां फिटनेस टाइमका आकाश जिशिले तेस्रो स्थानमा चित्त बुझाए। त्यसैगरी ७० केजी माथिको समुहमा रोयल जिमका कुशल प्रसाद गुरुङ प्रथम हुन सफल हुदां फिटनेस टाइमका अमित डांगी दोश्रो तथा निवोध एरोविक्स एण्ड जिमका सुरेशबहादुर दमाई तृतीय भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो।

 
 
  
 

You may also like