विपद पूर्वतयारीको लागि लुम्बिनीमा प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

बुटवल।लुम्बिनी प्रदेशको सूचना व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाई विपद पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पु¥याउन प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन गरिएको छ । आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा फागुन २५ र २६ गते बुटवलमा भएको सुचना व्यवस्थापन तालिम पश्चात १२ विषयगत क्षेत्र अन्तरगत १४ सदस्यीय कार्यदल गठन गरिएको हो ।

आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका विपद फोकल पर्सन रविन्द्र केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सहसंयोजकमा युनिसेफका मिना थापा रहेकी छन् ।

विपद संग सम्बन्धीत विषयगत क्षेत्रका प्रतिनिधिहरु रहेको कार्यदलको सदस्यहरुमा स्वास्थ्य अन्तरगत डब्लुएचओका शंकर अधिकारी, पोषण अन्तरगत सुआहाराकी कमला सापकोटा, खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन अन्तरगत पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका फोकल पर्सन सरोज न्यौपाने, आपतकालीन आश्रयस्थल र शिविर समन्वय अन्तरगत एनआरसिएसका बिजय शर्मा रहेका छन् ।

यस्तै खाद्यय शुरक्षा अन्तरगत कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका हुमनाथ पाण्डे, संरक्षण अन्तरगत सामाजिक विकास मन्त्रालय र युनिसेफको तर्फबाट कमला पौडेल र प्रकाश कैनी, शिक्षा अन्तरगत सामाजिक बिकास मन्त्रालयका नारायण गौतम, सिघ्र पुर्नलाभ अन्तरगत सिडिएम नेपालका धर्मराज घिमिरे, समन्वय अन्तरगत नेपाल प्रहरीका रामकुमार केसी र खोज तथा उद्धार अन्तरगत नेपाली सेना र शसस्त्र प्रहरीका गणेश पाल र कृष्ण अर्याल रहेको रेडक्रसका राज कुमार घिमिरेले जानकारी दिए।
आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई दुई दिनसम्म तालिम प्रदान गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालय लुम्बिनीका निमित्त सचिब यम बहादुर कुँबरले प्रदेश सरकारले विपदको पूर्वतयारीका लागि बिभिन्न प्रयासहरु गरेको बताउँदै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले अहिले निर्माण भएको कार्यदलले विपदको समयमा उत्कृष्ट काम गरेर देखाउन आग्रह गरे । निमित्त सचिव कुँवरले सबै सरकारी एवं निजि क्षेत्रले सूचनाको व्यवस्थापन गर्न सकेमा सही सूचना बाहिर आउने र सरकारहरुले ल्याउने बजेट र कार्यक्रम प्रभावकारी हुने बताए ।
उक्त २ दिने तालिलमा लुम्बिनी प्रदेश सरकारका मन्त्रालयका बिपद् फोकल पर्सनहरु, विषयगत आईएनजिओका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा सुचना व्यवस्थापनको महत्व, नेपालको सुचना व्यवस्थापन प्रणालीको अवस्था, अब गर्नुपर्ने सुचना व्यवस्थापनको प्रणाली, डाटा भिुजुअलाईजेसन लगायतको विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सुजन शुभ ब्लोन, राजेन्द्र राज भण्डारी, सृजित शर्माले लगायतले सहजिकरण गरेको रेडक्रसका राजकुमार घिमिरेले बताए ।

युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)ले लुम्बिनी प्रदेश भुकम्पीय जोखिममा रहेको तथा अन्य विपदलाई मध्यनजर गर्दै बिभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।

 
 
  
 

You may also like