प्रचण्डविरुद्ध मुद्दाको सकियो सुनुवाइ, आदेश आउँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । सोही आधारमा उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिए पनि आदेश आउन बाँकी छ ।

 
 
  
 

You may also like