विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८ रूपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ५० पैसा र बिक्री दर १५६ रूपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like