लोकसेवा आयोगमा आवेदन दिने ७५ प्रतिशतले घटे

by समतल अनलाइन

काठमाडौं । लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’ का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् ।

समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो । गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए ।

खरिदामा सबभन्दा बढी ६४ हजार ७ सय ३३ दरखस्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
कुल दरखास्तको २९ प्रतिशत प्रदेशले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहाका छन् । सबैभन्दा कम मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी (पश्चिम) र डोल्पाबाट परेको छ ।

सबैभन्दा बढी २१ देखि २५ बर्ष उमेर समूहका ३५ प्रतिशत उम्मेदवार छन् । दरखास्त दिनेको औसत उमेर २६ बर्ष छ । संघमा परेको न्यून दरखास्तको क्षतिपूर्ति स्थानीय तहको विज्ञापनले गरेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like