71
काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ । बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।