राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आजदेखि आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आज (बुधबार) देखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

आयोगले मंगलबार फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको थियो । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आयोगले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।

 
 
  
 

You may also like