तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ ।

आज (शनिबार) दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like