शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार नेपाललाई

by समतल अनलाइन

बुटवल।बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगाउत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगाडेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमाबिहीबार पत्रकार नेपाललाई प्रदानगरिएको हो । नेपालपत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापितपुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयां रहेको छ ।

बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । उक्तअक्षयकोषको ब्याजबाट गतवर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् । बैंकका अध्यक्ष थानेश्वर पौडेल,प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ । समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।

पुरस्कार वितरण समारोहमाबोल्दै बैंककाप्रमुखकार्यकारी अधिकृत प्रकाशपौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यकाबाहिर प्रधानकार्यालय रहेको लुम्बिनीप्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफलभएको उल्लेख गरे । बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्नसफलभएको उनले बताए ।

बैंककाअध्यक्षथानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार बृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको,वन वाटिकाको टिकटिङलाई अनलाइनगरिएको र डिजिटल स्कूल परियोजनाअन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयां बराबरको उपकरण प्रदान गरेको बताए । यस्तै शाइन उद्यमशीलता कार्यक्रमअन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशीलबनाउन र स्वरोजगार अभिबृद्धि गर्न ३३ वटा क्याम्पसमाउद्यमशीलताविकास सम्बन्धीकार्यक्रम गरेको बताए । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामाबैंकका ६० प्रतिशतशाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।

 
 
  
 

You may also like