बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान र अनलाईन बजार सम्बन्धि अन्तरक्रिया

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बुटवल बालमन्दिरमा मंगलबार बिहान रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगीव् यवसायी, सुभेच्छुक र जन पथ तथा ससस्त्र प्रहरी समेत गरी ७१ जनाले रक्तदान गरेको स्थापना दिवसका कार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठले जानकारी गराउनु भयो । त्यसै अवसमार दुई जना नियमित रक्तदाताले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

रक्तदान गरेका रक्तदाताहरुलाई संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दावबहदुर थाप लगायतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा अनलाई बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने भनाई राख्नुभयो ।

‘दराज’सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले दर्ता नभएका अनलाईन बजारलाई दर्ता गर्न र करको दायरामा आउन आग्रह गर्नुभयो । ‘हिजो डोकोमा बोकेर व्यापार गर्नुपर्ने समय थियो, अहिले यातायातले त्यसलाई व्यवस्थित गरेको छ ।’ उहाँले भन्नुभयो–‘अहिले सुपर मार्केट भन्दापनि अगाडि बढेर अनलाईन मार्केक आईसकेको छ, यसलाई व्यवस्थित गर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वल प्रसादकसजूले समयको दौरानसँगै व्यवसाय पनि आधुनिक हुनु स्वभाविक भएको बताउँदै समयको मागसँगै अगाडि बढ्नु राम्रो भएको बताउनु भयो । उहाँले अनलाईन बजारमा एउटा समान देखाएर अर्को सामान डेलिभरी भर्ने गुनासाहरु आएको बताउँदै अनलाईन बजार सञ्चालकले आफ्नो सेवाको गुणस्तरम ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।

दराजकी प्रोजेक्ट म्यानेजर हसिना महर्जनले दराजले दिने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार दराजक ादैनिक एक लाख ८१ हजार सदस्य छन् भने दराजले २ देखि २० प्रतिशत लिष्टिङ फि (कमिसन) मा काम गरिरहेको छ । दराज उत्पादक र उपभोक्तालाई जोड्ने अनलाईन प्लेटफर्म मात्रै रहेको दराजका सेलर कम्प्लाईन्स मार्केट इन्टेलिजेन्स म्यानेजर कश्यपप्रसाद मरहठ्ठाले बताउनु भयो । दराजले प्यान र भ्याटमा रहेक कम्पनीसंग मात्रै चेक पेमेन्ट गर्ने बताउँदै एथेन्टिक समाननभए डवल मनीव्याक गर्ने च्यानल म्यानेजर आश्मा ढुंगानाले जानकारी गराउनु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसादश्रेष्ठ, महासचिव विमलराज भट्टराई, सचिव मुत्ति mअधिकारी लगायतले पछिल्लो समयमा अनलाईन बजार व्यापक रुपम आएको बताउँदै कतिपय अनलाईन बजारक ाकारण राम्रो अनलाईन बजारलाई पनि उपभोक्ताले त्यही रुपमा बुझ्न थालेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like