भारतले बन्द गर्‍यो नेपालगन्जको जमुनाहा नाका

by समतल अनलाइन

नेपालगन्ज, २३ कात्तिक । भारतले शनिबार बिहान ६ बजेदेखि नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ ।

भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद कायम छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् ।

भारतको उत्तर प्रदेशमा पनि आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको र फैसला कतिबेला आउने र नाका कति बेला खुल्छ भन्नेबारे यकीन नभएको प्रहरीको भनाइ छ । बिहान ६ बजेदेखि नाका बन्द गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ ।

 
 
  
 

You may also like