टर्कीएमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प : तीनको मृत्यु, ६८० घाइते

by समतल अनलाइन

काठमाडौं । टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ मिनेट जाँदा भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्‍याएको छ ।

टर्कीए र सिरियामा गरी ६८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्कीए सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

 
 
  
 

You may also like