विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज (मंगलबार) डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४१ रूपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like