विश्व नृत्य दिवसको अवसरमा नृत्य निर्देशक संघद्वारा भव्य नृत्य महोत्सव सम्पन्न

by समतल अनलाइन

बुटवल। विश्व नृत्य दिवसको अवसरमा रुपन्देहीको अन्तराष्ट्रिय सम्मेलनकेन्द्रमा भव्य नृत्य महोत्सव विविध कार्यक्रमसहित जिल्लाका कलाकारहरुको उपस्थितिमा सम्पन्न भयो ।

नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न कार्यक्रममा कलाकारहरुले विविध नृत्यहरु प्रस्तुत गरेका थिए ।नृनृत्य हाम्रो अभिमान, कला संस्कृतिको पहिचान भन्ने नारा सहित नृत्य दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशकाअध्यक्ष लोकेन्द्र शाहले बताए ।

महोत्सवमा देशभरका १ सय बढी कलाकारहरुले आफ्नो ठाउको पहिचान हुने गरि थरीथरीका नृत्य प्रस्तुतीहरु रहेको अध्यक्ष शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, बुटवल उपमहानगर पालिकाका पुर्व मेयर शिवराज सुबेदी, हालका नगर उपप्रमुख सावित्रा अर्याल, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष तथा फिल्म निर्देशक मनिष पन्थ, केन्द्रिय संघका अध्यक्ष तथा भक्तपुरका नृत्यकार भुवनदास श्रेष्ठ, आयोजक संस्थाका कोशाध्यक्ष रजनी श्रेष्ठ, बुटवल शाखा अध्यक्ष माइकल देव दर्लामी,सुन्दर गुरुङ, प्रेम जिएम लगायतले शुभकामना दिएका थिए । नेपालका सबै जिल्लामा सक्रिय कलाकार, नृत्य निर्देशक, नृत्यकार, रंगकर्मीहरुको पहिचान तथा त्यसमार्फत देशको पर्यटकीय शान बढाउन कार्यक्रमले सघाउ पुर्याउने जिल्ला अध्यक्ष सुन्दर गुरुङले सो कुरा व्यक्त गरेका थिए।

 
 
  
 

You may also like