कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ६६ पैसा र बिक्री दर १४१ रूपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ९१ पैसा र बिक्री दर १५८ रूपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like