खुद्रा किराना व्यवसायी संघ रुपन्देहीद्वारा रक्तदान,४० युनिट संकलन

by समतल अनलाइन

बुटवल।खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संघको १६ औं वार्षिक साधारण सभाको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम गरिएको हो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक राधा आचार्य भुसालले जानकारी गराउनु भयो ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले रगतको सहि समयमा सहि तरिकाले व्यवस्थापन गर्न सकियो भने संकटमा परेका व्यक्तिको जीवन बचाउन सकिने भनाई राख्नु भयो ।

संघसंस्थाहरुको सक्रियताकै कारण कठिन परिस्थितीमा पनि रगतको सहज व्यवस्थापन हुँदै आएको उहाँको भनाई छ । वडा अध्यक्ष शर्माले व्यवसायीको समस्या समाधान र उनीहरुको व्यवसाय संरक्षण गर्ने काममा आफू लागि परेको भनाई राख्नुभयो ।

त्यस अवसरमा संघका अध्यक्ष मोहनप्रसाद बस्यालले सामाजिक उत्तरदायित्व बहन गरि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । संस्थाले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको पनि उहाँले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like