नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो च्याम्पियन

by समतल अनलाइन

काठमाडौं । जर्ज मुन्सेको शतकमा स्कटल्याण्डले आईसीसी विश्वकप लिग–२ माच नामिबियालाई हराएको छ । आज (बुधबार) को खेलमा नामिबियालाई स्कटल्याण्डले १० विकेट हराउँदै च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २२ ओभर १ बलमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्यो । स्कटल्याण्डको जितमा जर्जि मुन्सेले शतकीय पारी खेले । उलने ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १०३ रन बनाए ।

त्यस्तै कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनको योगदान गरे । त्यस्तै जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए ।

स्कटल्याण्डका लागि मिचेल लेक्सले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सफियान सरिफ र मार्क वाटले समान तीन÷तीन विकेट लिए । जितसँगै विश्वकप लिग टू मास्कटल्याण्ड ३३ खेलमा ४८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

 

 
 
  
 

You may also like