चिनियाँ राष्ट्रपतिद्वारा १० नयाँ राजदूत नियुक्त, नेपालमा को ?

by समतल अनलाइन

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।

नव नियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् । त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ । त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ ।

यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ । रासस / सिन्ह्वा

 
 
  
 

You may also like