खड्ग प्रसाद गौचन स्मृति पाचौ संस्करणका क्रिकेट सोमबारदेखी

by समतल अनलाइन

बुटवल, पुर्व क्रिकेटर शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा पाचौ यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन ।

फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने खड्ग प्रसाद गौचन स्मृति पाचौ संस्करणको राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि क्रिकेटर गौचनले बताए । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिम बिच खेल हुनेछ ।

लिग आधारमा हुने खेलमा दुई समुह बिच ३–३ गरि कुल १५ खेल हुनेछ । प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाईनल खेल ४० ओभरको खेलाइने उनले बताए । क्रिकेटको विकासमा ग्रासरुटसंगै खेल पुर्वाधार महत्वपूर्ण हुने शक्ति गौचनको बताउछन । जिल्लामा विभिन्न उमेर समुहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरि प्रतियोगिताहरु गरिरहेका छन ।

जुनियर क्रिकेट विकास हुने जिल्लाका रुपमा रुपन्देहीको पहिचान बनाएको भन्दै खेलको निरन्तरमा लागेको उनको प्राण छ । पाचौ संस्करणमा पुरस्कार राशी ३० हजार रुपैया रहेको छ । फाईनल खेल फागुन ११ गते सिद्धार्थनगर क्रिकेट रंगशालामा हुने उनले बताए । देवदह क्रिकेट मैदान सितलनगरमा सोमबार उद्घाटन खेल देवदह क्रिकेट युनिट र काशी नोबल एकेडेमीका बिचमा खेल हुनेछ ।

 
 
  
 

You may also like