लुम्बिनी र सुदुरपश्चिमका तराई क्षेत्रमा आज हावाहुरीको सम्भावना

by समतल अनलाइन

काठमाडौँ । आज (आइतबार) तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसै गरी आज राति प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like