प्रथम अन्तर प्रदेश स्तरिय स्ट्रेन्ट लिफ्टिङ तथा ईनक्लिन बेन्च प्रेस प्रतियोगिता

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा प्रथम अन्तर प्रदेश स्तरिय स्ट्रेन्ट लिफ्टिङ तथा ईनक्लिन बेन्च प्रेस च्याम्पियनसीप २०७९ शुरु भएको छ । शनिबार रुपन्देही खेलकुद विकास समितिको कार्यालय परिसरमा भएको प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकास भट्टराईले उद्घाटन गर्दै लुम्बिनी खेल विकासमा एकतावद्ध हुनुपर्ने बताए । प्रतियोगितामा जज केदारमान स्थापित, खेलाडी सैलेन्द्र कशौधनले सपथ लिएर खेल शुरु गरिएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जीवन गिरिले काठमाण्डौ हुन गैरहेको अन्तराष्ट्रिय च्याम्पियनसिपमा भाग लिन छनौटका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष विजेन्द्रमान श्रेष्ठले प्रतियोगितामा लुम्बिनीसहित कर्णाली, सुदुरपश्चिमका गरि ३ प्रदेशका ३ सय बढि खेलाडीहरुले ईनक्लिन बेन्च र बाईसेक कर्ल, हेकलिफ्ट गरि दुई विधामा प्रतिस्प्रर्धा गर्ने बताए । पुरुष ५२ केजी, ६० केजी, ६८ केजी, ७६ केजी, ७६ केजी प्लस गरि ५ तौल समूह, महिलातर्फ ५८ केजीमाथि, ५८ केजी तौल मुनि गरि दुई ईभेन्ट र मास्टर्स ४० वर्षमाथि खुला समुहमा प्रतियोगितामा खेलाडीहरुले भाग लिएका छ । प्रतियोगितामा ३ लिफ्टमा खेलाडीको तौलको आधारमा भार तौल उठाउने त्यस आधारमा स्कोरका आधारमा विजेता घोषित गरिने उनले बताए ।

 
 
  
 

You may also like