वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने दललाई स्थापित दलले नै सिध्याउँछन् : अध्यक्ष राउत

by समतल अनलाइन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

उनले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताए । उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताए । उनले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे । अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्ने कुरा सोच्नु नहुने बताए ।

 
 
  
 

You may also like