बुटवलमा माघ २८ देखि प्राध्यापकहरूबीच तीन दिने शैक्षिक गोष्ठी हुदै

by समतल अनलाइन

उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने बिषयमा छलफल हुने
बुटवल।नेपाल प्राध्यापक संघको आयोजनामा बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी हुने भएको छ । यही माघ २८ गतेदेखि तीन दिनसम्म बुटवलमा हुने प्रदेश स्तरीय गोष्ठीमा उच्च शिक्षालाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल गरी ठोस निस्कर्ष निकालिने नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।
गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत हुने नेपाल प्राध्यापक संघका निर्वतमान केन्द्रीय अध्यक्ष बुद्धबहादुर थापाले जानकारी दिए ।

भद्रगोल उच्च शिक्षालाई कसरी प्रभावकारी बनाउने, सामुदायिक क्याम्पसहरुको अवस्था, चुनौती र डिजिटल लर्निङको विषयमा विज्ञहरूले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने थापाले जानकारी दिए ।

गोष्ठीको उदघाटनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई आमन्त्रण गरिएको उनले बताए ।
बुटवलको सुख्खानगर स्थित एक होटलमा हुने गोष्ठीमा प्रदेशभरका सबै क्याम्पसका प्रतिनिधिमूलक रुपमा २०० प्राध्यापकहरू सहभागी हुने गोष्ठि आयोजक समितिका संयोजक गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने उच्च शिक्षालाई राज्यले प्राथामिकतामा राख्नुपर्ने बताए ।

 
 
  
 

You may also like