गजेडी साथी सञ्जालको सातौं साधारण सभा तथा बार्षिक कार्ययोजना निर्माण

by समतल अनलाइन

कञ्चन ।रुपन्देहीको कञ्चन गाउपालिकामा कृयाशिल किशोर किशोरीहरुको साझा संस्था गजेडी साथी सञ्जालको सातौं साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी १ बर्षका लागि बार्षिक कार्ययोजना समेत निर्माण गरेको छ।

साधारण सभामा किशोर किशोरीहरुलाई मार्गनिर्देशन दिदै कञ्चन गाउपालिका वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले गाउँ गाउँमा किशोर किशोरीहरुलाई आफ्नो हक अधिकारका लागि न्यायोचित संघर्ष गर्न सञ्चालन हुने सम्वाद समूहले किशोर किशोरीहरुको व्यक्तित्व विकासमा सहयोग पुराउदै आएको बताउनु भएको छ। समाजमा हुने बाल विवाह, यौन तथा लैंगिक हिंसा, मानव अधिकार तथा मानसिक स्वास्थ्य समबन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेर साथी सञ्जालले समतामुलक समाज निर्माण गर्न प्रयत्नशिल भइरहेको वडा अध्यक्ष थारुले उल्लेख गर्नु भयो।

यस्तै कार्यपालिका सदस्य रञ्जना थारुले सुनगाभा सामुदायिक बिकास केन्द्रले सञ्चालन गरेको सम्वाद समूहबाट आफुले आफ्नो व्यक्तित्व बिकास गरेको स्मरण गर्दै साथी सञ्जाल मार्फत गाउपालिकाले समाजमा जरा गाडेको बाल विवाह र दाइजो प्रथा विरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्न सदैव सकारात्मक रहदै आएको बताउनु भयो। वडा नं. १ का वडा सदस्य जुना परियारले आफुले सिकेका सिपमुलक तालिमहरुको सही सदुपयोग गरेर किशोर किशोरीहरु व्यवसायमा परिणत गरी आत्मनिर्भर बन्नु पर्ने बताउनु भयो । अर्का वडा सदस्य लेखा राहादीले समाजमा केही गर्नु छ भने त्यो बिषयबस्तुको ज्ञान हुन आवस्यक पर्ने बताउदै शिक्षा सबैभन्दा ठूलो हतियार भएको कुरा उल्लेख गर्नु भयो। समाजमा हुने हरेक गतिबिधिहरुलाई समाज रुपान्तरणको दिशामा डोर्याउन शैक्षिक रुपमा अव्वबल हुनु पर्ने भएको बताउदै वडा सदस्य राहादीले हरेक किशोर किशोरीहरुले अध्ययनलाई जोड दिनु पर्नेमा जोड दिनु भयो।

सुनगाभा सामुदायिक बिकास केन्द्रका कोषाध्यक्ष खडानन्द ज्ञवालीले स्ट्रोमा फाउण्डेसनको सहयोगमा सुनगाभा सामुदायिक बिकास केन्द्रले किशोर किशोरीहरुलाई साथी सञ्जालको माध्यमबाट समाजमा हुने लैंगिक हिंसा, बाल बिवाह र दाइजो प्रथाका बिरुद्ध बिभिन्न ग्रेजुएट तथा आमा सम्वाद केन्द्र सञ्चालन गरी व्यबसायिक सिप, आत्मरक्षा, व्यक्तित्व बिकास गर्ने लगायत कार्यक्रमहरु सञ्चालन गरिहेको बताउनु भयो। किशोर किशोरीहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न, समाजमा हुने हरेक सवालहरुमा सरोकारवालाहरुलाई जवाफदेहिता बनाउन सम्वाद कार्यक्रम मार्फत शसक्तिकरण गराउन साथी सञ्जालको अवधारण ल्याइएको केन्द्रका कोषाध्यक्ष ज्ञवालीले बताउनु भयो।

यसैगरी कार्यक्रममा स्थानीय सञ्चारकर्मी तथा कञ्चन खवर डटकमका प्रबन्ध सञ्चालक जगी लाल थापाले बिधार्थीहरुको श्रृजनातक अभिब्यक्तीकलाको बिकासमा पनि साथी सञ्जालले सहजिकरण गर्नु पर्नेमा जोड दिनु भयो। आफुले सिकेका, जानेका र अनुभव गरेका सिकाई र अनुभवहरुलाई लेख्ने र त्यसको प्रस्तुतिकरणमा समेत प्रोत्साहन गराउन सके बिद्यालय र गाउँमा सम्वाद समूह सञ्चालन गरेको महत्व अझ बढ्ने सञ्चाकमी थापाले बताउनु भयोे। उच्च शिक्षा उत्तिर्ण गरेको भन्ने तर आफुलाई आवस्यक पर्ने निवेदन लेख्न समेत नजान्ने हो भने त्यो पढाइको कुनै अर्थ छैन भन्ने समाजको बुझाईलाई गलत सावित गर्न सम्वाद कार्यक्रम मार्फत साथी सञ्जालले आफ्ना सदस्य साथीहरुलाई व्यबहारिक सिपहरु पनि सिकाउदै जानु पर्नेमा सञ्चारकर्मी थापाले सुझाव दिनु भयो।

साधारण सभामा सञ्जालका अध्यक्ष सुस्मिता नोपलीले सञ्जाल मार्फत बर्ष भरि सञ्चालन गरिने बार्षिक कार्यक्रमको बारेमा सहजिकरण गरी कार्ययोजना निर्माणका लागि आवस्यक सुझाव संकलन गर्नु भएको थियो। सञ्जालकी उपाध्यक्ष उषा सुनारको अध्यक्षतामा भएको साधारण सभामा हरिकला परियार, जोसना पुन, भुमा थारु, दिवस बुचा मगर, कृष्णा थारु लगायतले बार्षिक ार्ययोजना निर्माणका लागि छलफलमा भाग लिएका थिए । कञ्चन १ स्थित सुन्दरनगर टोलमा रहेको गजेडी साथी सञ्जालको कार्यलयमा सम्पन्न कार्यक्रममा सञ्जालकी सदस्य भुमा थारुको स्वागत तथा सचिव गिता भुजेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देही र स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उषा सुनारले सञ्जालको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

 
 
  
 

You may also like