रास्वपाले दिएको ‘अल्टिमेटम’ आज सकिँदै, प्रधानमन्त्री भन्छन्, ‘समस्या समाधान हुन्छ’

by समतल अनलाइन

काठामाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रीसम्बन्धी विवादको समाधान गरिने बताएका छन् ।

आज (शनिबार) पार्टीको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा उनले दलहरूसँग छलफल भइरहेको र उक्त समस्या समाधान हुने प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा दिएको समय सीमा पनि आज सकिँदैछ ।
नागरिकता विवादमा मुछिएर सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री नबनाउने प्रधानमन्त्री प्रचण्डको अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा सिर्जना भएको छ ।

गैरसांसदलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्थालाई टेकेर रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने दबाब प्रधानमन्त्रीलाई छ ।

 
 
  
 

You may also like