192
बुटवल।भिटामिन फुड्स एण्ड क्याफेले बुटवल बेसक्याम्पमा पनि शाखा विस्तार गरेको छ। स्थापनाको पाँचौं बर्षको अवसरमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको क्याफेका सञ्चालक प्रविण पौडेलले जानकारी दिए ।
फ्याफेको बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनीले उद्घाटन गरेका हुन । उनले युवाहरु उद्यमशीलतामा केन्द्रित हुनु सबैको लागि खुसीको कुरा भएको बताए ।
उनले आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । करिव २० लाख लगानी रहेको संचालक पौडेलले बताए । ७ जना कर्मचारीलाइ रोजगारी दिएको उनले बताए ।
सो क्याफेमा बर्डडे केक ,वेडिङ केक , एनिभर्सरी केक ,सबै गिफ्ट आइटमको कलेक्सन राखिएको छ । भिटामिन फुड्स एण्ड क्याफेको बुटवल-८ स्थित सुख्खानगरमा मुख्य क्याफे रहेको छ ।