दाङ जिल्ला उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत ः सहकार्यमा जोड

by समतल अनलाइन

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दाङ जिल्लाउद्योग वाणिज्य संघलाई बुटवलमा स्वागत गरेको छ । औद्योगिक क्षेत्र तथाउद्योग वाणिज्य संघहरुको संस्थागतअध्ययन भ्रमणमा आएको टोलीलाई संघमा स्वागतगर्नुको साथै बुटवल औद्योगिक क्षेत्रमाअध्ययन भ्रमण गराएको हो ।

त्यस अवसरमा उद्योगी व्यवसायीका वर्तमा समस्या, समाधानकाउपायहरु, दुई संघ विच सम्बन्ध र सहकार्य लगायतकाविषयमा छलफल भएको थियो ।
दाङबाट आएको टोलीलाई स्वागतगर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीकाअध्यक्षउज्ज्वलप्रसादकसजूले संघले स्थापनाकालदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानको बारेमाजानकारी गराउनु भयो । उहाँले उद्योगीव्यवसायीमाआउने आझा समस्या र नयाँअवसरहरुमा सहकार्यको लागि प्रस्तावगर्नुभयो ।

२०१० सालमा स्थापित संघले स्थापनाकालदेखि नै यस क्षेत्रको आर्थिक विकासको साथै सामाजिकतथा शैक्षिक र स्वास्थ्यको क्षेत्रमाविशेष योगदानगर्दै आएको छ ।

त्यस्तै दाङ जिल्लाउद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भ्रमणको उद्देश्य, दुई संघका विचमाहुनसक्ने सहकार्यकाथपविषय बस्तुमा भनाई राख्दै सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशकमदनकुमार कार्कीले संघले गरेकागतिबिधि सहितको संक्षिप्तजानकारी मुलक प्रस्तुतीगर्नुभएको थियो ।कार्यक्रम सचिवमुक्तिअधिकारीको सञ्चालनमाभएको थियो ।

 
 
  
 

You may also like