लुम्बिनी प्रेस क्लबको अध्यक्षमा सम्झना शर्मा निर्वाचित

by समतल अनलाइन

भैरहवा। लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार मायादेवी गाउँपालिका–८ स्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल रायमाझी, श्यामशंकर पाण्डे, महासचिवमा शंकर प्रसाद पाण्डे, सचिवमा प्रकाश न्यौपाने र सह–कोषाध्यक्षमा पुनहरि बेल्बासे रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, शशि पन्थी, मोहम्मद हबिब, विष्णु भट्टराई, पशुपति यादव र प्रतीक पौडेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद ढकालले बताए । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी र तालिम समिति संयोजकमा उषा केसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न अहोरात्र खट्नुहुने टीमलाई धन्यवाद दिइन् । उनले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘यसअघि भएका राम्रो कार्यलाई निरन्तरता दिदै एकताबद्ध भएर अघि बढ्छौं ।’

अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेले बताए ।

 
 
  
 

You may also like