76
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यसै गरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।