नेपालको भु–बनोटका लागि लाइट गेज स्टिल फ्रेमिङनै उपयुक्त हुन्छ ः ईन्जिनियर

by समतल अनलाइन

बुटवल । नेपालको भू–वनोटका हिसावले लाइट गेज स्टिल फ्रेमिङ (एलजीएसएफएस) को प्रयोग गरेर घर निर्माण गर्नुनै अहिलेको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । नेपाल भुकम्पको उच्च जोखिममा रहेकाले भुकम्प प्रतिरोधी तथा भुकम्प गएका वेलामा कम क्षति पुर्यायने संरचना निर्माण गर्नुको अहिलको विकल्प नभएको समेत सरोकारवालाको जोड छ ।

एलजीएसएफएसको प्रयोग र उपयोगबारे जानकारी दिन नेपाल इन्जिनियरिङ एशोसियशन नेपाल लुम्विनी प्रदेश र आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्राली बाँसगढी रुपन्देहीले संयुक्त रुपमा शनिबार आयोजना गरेको कार्यक्रममा सहभागि भएका ईन्जिनियर तथा आर्केटेकले नयाँ घर बनाउदा एलजीएसएफएस प्रविधीनै उपयुक्त भएको बताएका हुन् । न्युजिल्याण्डका एलजीएसएफएस विज्ञ लेन्स फ्रेन्सिज करीले कम लगानीमा सुविधासम्पन्न भवनका लागि यो प्रविधीको विकास गरिएको बताउनुभयो । नेपाल जस्तो मुलुकका लागि वातावरणमैत्री तथा भुकम्प प्रतिरोधी प्रविधीबाट भवन निर्माणको विकल्प नभएको करीको जोड थियो । अहिलेसम्म विश्वका ८५ वटा देशमा विद्यालय, हस्पिटल, ब्यवसायिक तथा आवासिय भवन निर्माण सम्पन्न गरि सकेको बताउँदै उहाँले एलजीएसएफएस नेपालका लागि धेरै उपयोगि भएको बताउनुभयो । कार्यक्रममा आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्राली बाँसगढी रुपन्देहीका प्राविधिक निर्देशक इन्जिनियर सृष्टि गुरुङ्गले नेपालमा पहिलो पटक यो प्रविधी भित्राएको बताउदै खिया, कम लाग्ने, मजबुद, हल्का, भुकम्प प्रतिरोधी, प्रि–ईन्जिनिरिङ्ग, आगो प्रतिरोधी, अब्बल इन्सुलेशन र वातावरणमैत्री भएको बताउनुभयो । नेपालका धेरैजसो प्रयटकीय स्थलमा यसको प्रयोगका बारेमा गृहकार्य भई रहेको गुरुङले जानकारी दिनुभयो ।

नेपाल इन्जिनियरिङ एशोसियशन नेपाल लुम्विनी प्रदेशका अध्यक्ष शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी २२ नम्बर बाहिनीपति नवराज गुरुङले नेपालको परिभेष सुहाउदो प्रविधी लाइट गेज स्टिल फ्रेमिङको विकल्प नभएको बताउनुभयो । उहाँले नेपालमा प्राकृतिक प्रकोपका जोखिम क्षेत्र धेरै भएकाले समय र लगानीको सहि प्रयोग लाइट गेज स्टिल फ्रेमिङले नै गर्ने तर्क राख्नुभयो । कार्यक्रममा नेपाल ईन्जिनियरिङ्ग एशोसियशन लुम्विनीका पुर्व अध्यक्ष टंक कण्डेलले लगानी र समय दुवैको बचतका लागि लाइट गेज स्टिल फ्रेमिङ नेपालीका लागि धेरै राम्रो प्रविधी भएको उल्लेखगर्दै यसलाई अझ प्रस्कृत र परिमार्जन गर्दै लैजानु पर्ने तर्क राख्नुभयो ।

आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रालीका प्रवन्ध निर्देशक सोनाली गुरुङको संचालनमा भएको कार्यक्रममा सलुशनका संस्थापक इन्जिनियर रोजेन्द्र सिंह गुरुङ, नेपाल ईन्जिनियरिङ्ग एशोसियशन लुम्विनीका पुर्व अध्यक्ष दुजेन्द्र बस्नेत, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आर्किटेक दिपक भट्टराई, इन्जिनियर जीवन आचार्य, आईटी स्टिल स्ट्रक्चर सलुसन्सका कार्यकारी निर्देशक डा.शिल्पी गुरुङ बुटवल उपमहानगरका नक्शा प्रमुख सोमनाथ अधिकारी, सिद्धार्थ केवल कारका निर्देशक केयरसिंह खड्का लगायतले कम मुल्यमा भुकम्प प्रतिरोधी, वातावरणमैत्री र मजबुद भवन निर्माणका लागि लाइट गेज स्टिल फ्रेमिङ राम्रो प्रविधी सावित हुने बताउनुभयो । बुटवलका तीन दिदीबहिनी सृष्टि गुरुङ, सोनाली गुरुङ र डा. शिल्पी गुरुङले संचालन गरेको आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रालीले नेपालमै पहिलो प्रविधीका रुपमा लाइट गेज स्टिल फ्रेमिङ भित्राएको कार्यक्रममा बताइएको थियो ।

 
 
  
 

You may also like