रोटरी रुपन्देही र रोटरी तिलोत्तमा रुपन्देहीको संयुक्त बैठक,, आगामी कार्यक्रममा सहकार्य गर्ने,

by समतल अनलाइन

बुटवल।रोटरी क्लब अफ रुपन्देही र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही बीच आगामी कार्यक्रममा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ । दुबै क्लबको रुपन्देहीको मणिग्राममा आज संयुक्त बैठक बसेको थियो । बैठकमा दुबै पक्षले एक अर्काका कार्यक्रममा सहकार्य र सहयोग गर्ने बताएका थिए । कार्यक्रममा रोटरी क्लब तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आफ्नो क्लबले अगाडि बढाएको ग्लोबल ग्रान्ट अन्तर्गत अटिजम सम्बन्धी कार्यक्रममा सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।

रोटरी क्लब रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीले सहकार्य गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा रोटरी तिलोत्तमा रुपन्देहीका एजी राजु खरेलले सहकार्य गर्दा कार्यक्रमको प्रभावकारीता बढ्ने उल्लेख गर्नुभयो । रोटरी रुपन्देहीका एजी राजुदेबी खनालले कार्यक्रमलाई सफल पार्न आँफूहरुको तहबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा रोटरी रुपन्देहीका इमिडेट पास्ट प्रेसिडेन्ट रामप्रसाद खरेल, सचिव थानेश्वर चापागाँइ, रोटरी तिलोत्तमा रुपन्देहीका मेम्बरसिप चेयर देबीलाल भट्राई, सचिव शंकर पाण्डे लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो ।

 
 
  
 

You may also like