यस्तो रहने छ आजको मौसम

by समतल अनलाइन

काठमाडौं । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज (बिहीबार) बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like