एभरेष्ट ट्राफिक तथा लागुपदार्थ दुर्व्यसनी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल।बुटवल सुख्खानगरस्थित एभरेष्ट इ.बो. स्कुलमा ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसनी विरुद्धको सचेनता कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट मा.वि.को आयोजना तथा श्रवणपथ प्रहरी चौकी बुटवलको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा एभरेष्ट मा.वि. को कक्षा ९ मा अध्ययनरत १ सय६० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

श्रवणपथ प्रहरी चौकीका कार्यालय प्रमुख खगेन्द्र पराजुलीको मुख्य प्रशिक्षणमा सम्पन्न उक्त सचेतना कार्यक्रममा ट्राफिक सम्बन्धी विशेष ज्ञान, युवा पुस्तामा बढ्दो लागुपदार्थ दुर्व्यसनी र त्यसको असर एवं त्यस विरुद्धको सचेतना र साइबर अपराध विरुद्धको सचेतनाका बारेमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्नुका साथै युवाहरुलाई दुव्र्यसन र साइबर अपराधबाट बच्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहप्राचार्य भीमसेन गौतमले विद्यार्थीहरु नै चेतनाका संवाहक भएको हुनाले उनीहरु सचेत भएका समाजमा परिवर्तन ल्याउन सहज हुने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी उपप्राचार्य उमेश रेग्मीले प्रशिक्षणमा सिकेको कुरालाई व्यवहारमा उतार्नुका साथै आफ्नो समुदायमा पनि प्राप्त ज्ञान फैलाउन सकेमात्र प्रशिक्षण सफल हुने विचार व्यक्त गर्दै प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम दुई चरणमा गरि सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like