२८५९ औ सोनाम ल्होछार सम्पन्न

by समतल अनलाइन

बुटवल। बुटवलमा तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको पर्व मनाईएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी, रयाली दीपनगरस्थित तामाङको पुजास्थानमा पुगेर शुभकामना आदानप्रदान, सास्कृति कार्यक्रम र भोज आयोजना गरि मनाएका छन । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै सबै धर्म र जातीको पहिचान अहिले आवश्यकता भएको बताए ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे । नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातिय पहिचानसंगै सामाजिक कामहरु गर्दै आएको बताए । मन्जुश्रीले उपत्यका बस्तिलाई बस्न योग्य बनाउदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुदा पनि उनिहरुको पहिचान भएको छ । नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनिहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष राजेश घिसिङले बिसं २०५८ सालमा स्थापना भई तामाङ जातीलाई एकतावद्ध गरि रचनात्मक कार्यक्रम गर्दै आएको दाबी गरे । ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ ।’– उनले भने । नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।

 
 
  
 

You may also like