कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ८८ पैसा र बिक्री दर १३० रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १७ पैसा र बिक्री दर १६० रूपैयाँ ९१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like