तामाङ घेदुङको रक्तदान

by समतल अनलाइन

बुटवल । सोनम ल्होछारको पुर्वसन्ध्यामा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको अवसरमा सप्ताहाब्यापी कार्यक्रम अन्तरगत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
एक कार्यक्रमका बिच नेपाल तामाङ घेदङका केन्द्रीय सदस्य बिर बहादुर लामाले कार्यक्रमको सुभारम्भ गर्दै तामाङहरु सामाजिक कार्यमा समेत अग्रसर रहेको बताए ।

कार्यक्रममा प्रदेश अध्यक्ष बिरमान तामाङ, जिल्ला अध्यक्ष राजेश घिसिङले जिल्लामा छरिएर रहेका तामाङहरुलाई एकजुट गरि जातिय संस्कार र विविध सामाजिक कार्यक्रमहरुमा अग्रसर गराउदै आएको बताए । कार्यक्रममा रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । रक्तदान कार्यक्रमका संयोजक हसन्त लामाले ३० युनिट रगत संकलन भएको बताए ।

 
 
  
 

You may also like