सियारीको १२औं गाउँसभा शुरु

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाको १२औं गाउँसभा शुरु भएको छ । गाउँसभामा पालिकाले हालसम्म गरेका कार्यहरुको समिक्षा तथा आगामी कार्यदिशाबारे बृहत रुपमा छलफल आरम्भ गरिएको छ ।

गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीवासी नागरिकको समग्र हित र चाहना अनुरुप काम गर्दै जाने बताए ।
उनले नागरिकको असिमित चाहना र आवश्यकतलाई सिमित स्रोत र साधनबाट एकैपटक सम्बोधन गर्न सम्भव नभएपनि योजनाबद्ध तरिकाले सम्बोधन गर्दै जाने बताए ।

अध्यक्ष घिमिरेले सियारीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास तथा पुर्वाधार बिकासमा चरणबद्ध रुपमा काम गर्दै आएको र यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उल्लेख गरे ।

अध्यक्ष घिमिरेले गाउँपालिका भित्र २ हजार ४ गाइ भैसिमा निशुल्क कृत्रिम गर्भाधान, दूध उत्पादन तर्फ प्रति लिटर २ रुपैया ५० पैसा नगद अनुदान, माछा उत्पादनमा ५ रुपैया अनुदान दिदै आएको उल्लेख गरे ।

बिकास निमार्णका काममा पनि गाउँपालिकाले निरन्तर रुपमा काम अगाडि बढाएको बताए । उनले सियारी ४ को दयानगर र पश्चिम अमवमा खानेपानी तथा सरसफाइ योजनामा पाइपलाइन विस्तार, बिभिन्न स्थानमा सडक निर्माण तथा कालोपत्रे लगाएतका कामहरु भईरहेको बताए ।
गाउँपालिका उपाध्यक्ष तारा थारुले पालिकाको समग्र बिकासका लागि जनप्रतिनिधि र कर्मचारी सबै मिलेर काम गर्नु पर्नेमा जोड दिईन् । उनले आफुहरु निर्वाचित भएर आएपछि शुरुमा बर्षात शरु भएको, त्यसपछि संघ र प्रदेशको निर्वाचनका कारण आशातित काम गर्न नसकिएको उल्लेख गर्दै अब कामले गति लिने बताईन् ।

गाउँसभामा जिल्ला समन्वय समिती रुपन्देहीकी सदस्य विष्णुमाया जयसवाल, वडा नम्बर ४ का अध्यक्ष श्रीराम यादव, ६ का अध्यक्ष शेरबहादुर गुरुङ, वडा सदस्य सन्तोष शर्मा भुसाल लगायतले बोल्दै गाउँपालिकाबाट हुने हरेक कामहरु जनमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

सभाको अर्को बैठक आगामि माघ ६ गते शुत्रबार ११ बजेका लागि आब्हान गर्नु भएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

६ गतेको गाउँसभा बैठकले नगर प्रहरी ऐन संशोसन र विविध बिषयमाथि छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले जानकारी दिए ।

 
 
  
 

You may also like