६ प्रदेशका उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभरको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पूर्वी तथा मध्य तराईका केहि स्थानमा बाक्लो हुस्सु लागेको अवस्था छ ।

आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू–भागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा बागमती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।

देशभरको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like