बुधबार सार्वजनिक बिदा (सूचनासहित)

by समतल अनलाइन

काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि (पुस २७) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

यही पुस २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबमोजिम भोलि सार्वजनिक बिदा दिइएको हो । पृथ्वी जयन्तीका अवसरमा भोलि बुधबार नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like