उदाहणीय काम : सामुहिक लगानीमा महिलाहरुले संचालन गरे गाईभैंसी फर्म

by समतल अनलाइन

नारायण वली
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगरका चार जना महिलाहरुले सामुहिक रुपमा मिलिजुली गाईभैंसी कषि फर्म सञ्चालनमा ल्याएका छन् । स्थानिय कमला कुमारी वस्याल (पाण्डे), तुल्सी न्यौपाने, सावित्रा पाण्डे र लक्ष्मी न्यौपानेले सामुहिक रुपमा गाईभैंसी फर्म सञ्चालनमा ल्याएका हुन् ।

सामुहिक रुपमा स्थानिय महिलाहरुले गत भदौ महिना देखि सञ्चालनमा ल्याएको उक्त फर्ममा अहिले १६ वटा भैंसी रहेको र गाईको वासस्थान निर्माणाधिन क्रममा रहेको मिलीजुली गाईभैंसी कृषि फर्मकी अध्यक्ष कमला कुमारी वस्याल (पाण्डेले) वताएकी छिन् । करिव एक करोड लगानी लक्ष्य लिएर सञ्चालनमा ल्याएका महिलाहरुले सो फर्ममा हाल सम्म ५० लाख रुपैयाँ लगानी गरिसकेको अध्यक्ष पाण्डेको भनाई रहेको छ ।

पछिल्लो समय वजारमा गुणस्तरिय दुध नपाईने भएकाले व्यवसायिक रुपमा गाईभैंसी पालन तर्फ लागेको वताउदै, अध्यक्ष पाण्डेले प्रदेश सरकारले सहजता प्रदान गरेमा दुध वाट विभिन्न परिकारहरु उत्पादन गरी उपभोक्ता सामु सुलभ दरमा विक्रि वितरण गरिने लक्ष्य रहेको वताईन् ।

यस्तै वार्षिक ७५ हजार रुपैयाँ भाडामा करिव २५ कट्टा जग्गा लिएर सञ्चालन गरिएको मिलीजुली गाईभैंसीमा प्रति भैंसी १ लाख देखि डेढ लाख रुपैयाँका दरले खरिद गरी ल्याएको र दैनिक एक सय लिटर दुध उत्पादन भैरहेको र चार जना स्थानिय महिला दिदी वहिनीहरुले थप लगानी वढाएर अझै ठुलो रुपमा गर्ने लक्ष्य रहेको फर्मकी कोषाध्यक्ष लक्ष्मी न्यौपानेको भनाई छ ।

शुद्ध दुधको उत्पादन ओठ देखि ओठ सम्म अभियान लिएर फर्म सञ्चालनमा ल्याएका महिलाहरुले प्रदेश नं.५ सरकारले प्रदेश ५ लाई दुधमा आत्मनिर्भर वनाउने लिएको उद्देश्यलाई पुरा गर्नका निमित्त आफुहरु लागि परेको भन्दै, फर्मकी सचिव तुल्सी न्यौपानेले विहानको दुधमा वजार खपत राम्रो रहेको वताउँदै, साँझको दुध भने विचौलियाहरुलाई दिन वाध्य भएको दुखेसो पोखिन् । साँझ उत्पालन भएको दुध कृषक तथा उपभोक्ताहरुले खरिद नगर्ने भएकाले विचौलियाहरुलाई दिन वाध्य भएको उनको भनाई छ ।

 
 
  
 

You may also like