तराईमा बाक्लो हुस्सु, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु /कुहिरो लागिरहेको छ ।

आज (शुक्रबार) दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु /कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु / कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु /कुहिरो लाग्ने सम्भावना रहेको छ ।

भोलि शनिबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, पुस २४ गते आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु /कुहिरो लाग्ने सम्भावना रहेको छ ।

 
 
  
 

You may also like