पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान

by समतल अनलाइन

पाल्पा । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गए राति मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका १८ मध्ये ६ जनाको एडमन सिटी हस्पिटल जितगढी बुटवल र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like