56
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ २७ पैसा र बिक्री दर १४० रूपैयाँ ९० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४२ पैसा र बिक्री दर १६० रूपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।