गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आज (बुधबार) राहदानी विभागको अनुगमन गरेका छन् । उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कार्यालयको सेवा प्रवाहका विषयमा कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए । सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन लाग्पर्ने समस्या भोगिरहेका छन् । सर्वसाधरणले सरकारले तोकेको रकम तिरेर पनि सहज रुपमा सेवा पाउन नसकेको गुनासो गर्दै आइरहेका छन् ।

 
 
  
 

You may also like