‘सायना प्रेस’ परिबार नियोजन तिन महिने अस्थाई साधन प्रयोगमा ल्याइदै

by समतल अनलाइन

बुटवल। सायना प्रेसको सफल परीक्षणपछि नेपालमा आधिकारिक रुपमा प्रयोगमा आउने भएको छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको ३ महिने अस्थाई साधनका रुपमा छैटौ डिभाईस सायना प्रेस ९डिएमपिए–एससि० ईन्जेक्सन सेवा रुपन्देहीसहित ७ जिल्लामा प्रयोगमा ल्याउन लागिएको हो । यो परिवार नियोजनको नयाँ विकल्पको तीनमहिने साधन हो ।

नेपाल परिवार नियोजन संघ, रुपन्देही शाखाका निमित्त प्रबन्धक तथा सिनीयर नर्स विष्णु गुरुङले नेपालमा नयाँ ईन्जेक्सन लन्च भएको बताइन । यसअघि संघबाट परिवार नियोजनको ५ वटा डिभाईसहरुका सेवा उपलब्ध भएकोमा नयाँ डिजाईस शुरु भएको उनले बताईन । तीन महिने डिएमपिए चलनचल्तीमा रहेकोमा त्योभन्दा प्रभावकारी नयाँ डिभाईस शुरु गर्न लागेको उनले बताईन।

सन २०१९ देखि २०२० सम्म २८ संस्थाको समन्वयमा ७ सय ९४ महिलाहरुमा परीक्षण गरिएको थियो । सिन्धुली र नवलपरासीमा गरिएको पाईलटिङको क्रममा धेरै प्रभावकारी ९असफल दर १ प्रतिशत०मात्र रहेको बताईन । एफडब्लुडीले प्रमाणित गरेपछि सेवा शुरु गर्न लागेको उनले जानकारी दिइन ।

नेपाल सरकारले ७ जिल्लामा शुरुवात गर्ने तयारी गरेको उनले बताइन । यसैगरी नवलपरासी, ललितपुर, रुकुम पुर्व, सिन्धुली, पर्सा र कैलालीमा शुरु हुने छ । परिवार नियोजनका देशभरका साखाहरुमा यो सेवा संचालन हुने उनले बताइन । रुकुम, नवलपरासीसहित संघका शाखाहरुबाट सेवा सुरु हुने भएको हो ।

अस्थाई परिवार नियोजनको साधनको रुपमा डिएमपिए ९तीन महिने सुई० १५० एमजी हर्मोन प्रयोग हुन्छ भने सायना प्रेसमा १०४ एमजी प्रोजेक्टिक्स हर्मोन हुनु यसको सकारात्मक पक्ष हो । मात्राका हिसाबले यो कम प्रयोग हुन्छ । यो अटोमेटिक भायल भएर आउछ । आफै सेल्फ ईन्जेक्ट गर्न मिल्ने किसिमको छ तर नेपालमा भने सेवा लिने रुपमा छ । डिएमपिए मासुका लगाइन्थ्यो भने सायना प्रेस बोसोमा लगाईन्छ ।

यसलाई गर्भवति नभएकी महिलाले लगाउन मिल्छ । महिनावारी भएको सात दिन, बच्चा भएको ४२ दिनपछि लगाउन मिल्छ । यो ईन्जेक्सन हातको पाखुरा, नाईटोको बाहिरी भाग र खुट्टाको तिघ्रामा लगाउन मिल्छ । एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रोकिने उन्छ । महिनावरी नियमित नहुने, तौल घट्नेबढ्ने, यौनचाहना घटबढ गराउने जस्ता साईड ईफेक्ट देखिन सक्ने समभावना भने रहने उनले बताईन । यसको प्रयोगका लागि अहिलेसम्म ४० भन्दा बढि देशमा रजिस्टार भएको उनले बताईन ।

नयाँ प्रयोग बारे जानकारी दिन आइतबार आयोजित अभिमूखिकरणमा संघले पहिलेभन्दा सेवाग्राहीको रुचि र चाहना परिवर्तन भएको जानकारी गरायो । निशुल्क मिनि ल्याब र भ्यासोटोमी सेवा नियमित दिँदै आएको निमिक्त प्रमुख गुरुङले बताईन । नेपाल परिवार नियोजन रुपन्देही शाखाको युवा संयोजक अशोक गौतमले परिवार योजनाका रुपमा परिवार नियोजनका ८ वटा सेवाहरु दिँदै आएको बताए ।

संघमा महिलाहरुलाई विशेषज्ञबाट सेवा दिने तयारी रहेको उनले बताए । यसैगरि प्रभावकारी रुपमा पाठेघरको क्यान्सरको परीक्षण गरिदै आएको उनले बताए । बुटवल शाखाबाट क्राई थेरापीको समेत सेवा दिदै आएको उनले बताए । संघबाट १२ हप्तासम्मको गर्भपतन सेवा र तालि समेत चलाउँदै आएको उनले बताए । बाझोपनाको उपचार, परामर्श समेत गर्दै आएको उनले बताए ।

 
 
  
 

You may also like