77
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को चौंथो सिजनको विजेता करण राई बनेका छन् । हिजो (शुक्रबार) साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।
करणले टिम राजु लामाबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश पायल राईकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोद खरेलका योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशा अधिकारीबाट शाइल लिम्बू थर्ड रनरअप बने ।