कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले जम्मू काश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावका कारण हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईमा हुस्सु लागिरहेको छ ।

आज (बुधबार) दिउँसो प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहने छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like