शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीको भूमहीमा हुने

by समतल अनलाइन

बुटवल । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक तथा राष्ट्रिय महाधिवेशन आगामी पुष २९ र ३० गते पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । शान्ति समाजको निति निर्माण र नेतृत्व चयन गर्ने सर्वोच्च निर्णायक निकायका रुपमा रहेको राष्ट्रिय परिषद बैठकले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथ्यमा सम्पन्न हुनगैरहेको सो राष्ट्रिय परिषद बैठक तथा महाधिबेशनमा मुलुकभरका ४० जिल्लाबाट २ सय ५० भन्दा बढी मानव अधिकारकर्मीहरुको सहभागिता रहने छ ।

उक्त २५ औँ राष्ट्रिय परिषद् बैठकबाट २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन हुने मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालको भनाइ छ ।

राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि, प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुने सभापति खनालले जानकारी गराएका छन् । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको सभापति खनालले बताए । साथै उक्त महाधिबेशन सम्पन्न गर्न बिभिन्न १३ वटा उपसमितिहरु पनि गठन गरिएको छ ।

यसैबिच शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समिति÷उपसमितिहरु गठन गर्नुका साथै राष्ट्रिय परिषदको सेरोफेरोमा वृक्षारोपण, शान्ति र्याली, सफाई, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम लगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like