ललितपूरका नगरप्रमुख महर्जनसँग भेट

by समतल अनलाइन

बुटवल। बुटवल उपमहानगरप्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी लिनुभएको छ ।

पाण्डेयले ललितपूर महानगरपालिकाले गरेका राम्रा अभ्यासहरु बुटवलका लागि उपयोगी हुने भन्दै आपसी सहकार्यमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।
उहाँले ललितपूरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपूर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिनुभयो ।

भेटका क्रममा ललितपूर नगरप्रमुख महर्जनले आफु बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपूरले सिक्ने बताउनुभयो । उहाँले ललितपूर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो ।

 
 
  
 

You may also like